दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

डिसी नेपाल
११ वैशाख २०८३ १२:२१

गण्डकी। कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो। स्वीप अप्रेसन बिहीबार राति ९ः०० देखि आज बिहान ६ः०० बजेसम्म सञ्चालन भएको थियो। अघिल्लो दिनको अप्रेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो।

बिहीबार पक्राउ परेका १२२ मध्ये आठ जनालाई लागू औषधसम्बन्धी कसूर तथा २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यसैगरी १५ जनालाई जरिवाना गरी छाडिएको, ७० जनालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको र दुई जनालाई ‘होल्ड’मा राखिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *