तीन सुकुमवासी परिवारलाई किर्तिपुरको राधास्वामी सत्सङ्ग केन्द्रमा लगियो

डिसी नेपाल
१२ वैशाख २०८३ १५:३८

काठमाडौं। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका र सरकारको दर्ता प्रक्रियामा आएका सुकुमवासी तीन परिवारलाई राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीमा बसोबार गर्दै आएका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी गरिरहेको छ।

प्राधिकरण प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार लेसोही क्रममा सरकारको दर्ता प्रक्रियामा आएकामध्ये तीन परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *