खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
खोटाङ। यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन्।
सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन्।
सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन्। वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए।
यसअघि यहाँको खोटेहाङ गाउँपालिकाले यही वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment