प्रियंकाको फिल्म आलियालाई

डिसी नेपाल
७ असोज २०७६ १४:४६

मुम्बइ। बलिउड अभिनेत्री आलिया भट्टले प्रियंका चोपडाले गर्ने भनिएको सिनेमा पाएकी छन् । संजय लिला भन्सालीले निर्माण गर्ने सिनेमाले कमाठीपुरामा वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनी पेस गर्नेछ। आलियाले प्रियंकाबाट यही सिनेमा हात पारेकी हुन्।

यो सिनेमा प्रियंकाले गर्ने चर्चा लामो समयदेखि चल्दै आएकोमा हाल आएर ‘इन्शाल्लाह’ सिनेमा सुटिङको मुखमा बन्द भएपछि संजयले आलियालाई खेलाउन लागेको नयाँ सिनेमा यही भएको बताइन्छ। संजयले ‘इन्शाल्लाह’को सुटिङ तालिकामा यो सिनेमा गर्न लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *