शिशिर अभिनित चलचित्र ‘काले दाई’को गीत सार्वजनिक

डिसी नेपाल
७ असोज २०७६ १४:५२

काठमाडौं। चलचित्र ‘काले दाई’मा समावेश ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक गरिएको छ।

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा गायन रियालिटी शो ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वर रहेको छ। गीतमा ईन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द तथा पवनवाङ लामाको संगीत छ।

यो चलचित्र असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ। शिव शर्माको निर्देशन रहेको चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, सारिका घिमिरे, रामचन्द्र अधिकारी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीले लगानी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *