मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम
काठमाडौं। ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिएको उक्त दूतावासले जनाएको छ।
राजदूत अर्यालले आर्थिक कूटनीति प्रवद्र्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवद्र्धनमा आमानस्थित नेपाली समुदायको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा निर्यात तथा लगानी प्रवद्र्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो। त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ।







डिसी नेपाल







Facebook Comment