रामचन्द्र र सागरको दशैं तिहार कोशेली ‘लाहुरे आयो…’ बजारमा

डिसी नेपाल
७ असोज २०७६ १६:००
4
Shares

काठमाडौं। गायक रामचन्द्र चन्द र सागर पन्थले ‘लाहुरे आयो…’ बोलको दशैं तिहार गीत सार्वजनिक गरेका छन्।

गीतमा अनिल खनालको लय/शब्द तथा रामचन्द्रको एरेञ्ज छ। गीत पृथक खालको छ। शब्दहरु मौलिक छन्।

रोजगारको शिलशिलामा आफ्नो जन्मथलो छाडेर परदेशीएकाहरु दशैं तिहारमा केही समयको विदा लिएर गाउँ फर्किएपछिको कथालाई गीतमा उतारिएको छ।

दशैं तिहारमा भेट भएका साथीभाईलाई रमाईलो गर्न आग्रह गरिएको छ। गीतले कसैमा रिस, राग, भेदभाव नगरी सद्भावको भावना फैलाउँदै रमाउन भनिएको छ। गीतको भिडियोमा गायकद्धय रामचन्द्र र सागरका साथमा सलिना नेपाली, नरेन्द्र आचार्य लगायतको अभिनय छ।

सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिनोद बलमे निर्देशनसंगै सम्पादन गरेका हुन्।

शैली क्रियशनको प्रस्तुती रहेको गीतको भिडियो शैली क्रियशनकै युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *