रास्वपाको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा ( २०८३)” पारित गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३) पारित गरेको हो ।
बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै पहिलो महाधिवेशन सम्पन्न गर्न ुमहाधिवेशन कार्यविधि (२०८३) समेत पारित गरेको छ ।
बैठकले मुलुकभर विद्यमान अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ ।
वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राधिकरणको प्रतिवेदन आउनुअघि अन्य कुनै कारबाही नगर्न आग्रह गरिएको हो । साथै, स्थानीय तहहरूले संरचना भत्काउने कार्यमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ ।







डिसी नेपाल







Facebook Comment