काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ । मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन् ।
सदस्यमा मधु आचार्य-काभ्रे, डा. गोपाल दहित थारू-वर्दिया, अञ्जु झा-रौतहट, उमेश श्रेष्ठ-ललितपुर, प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान, मीन भाम-मुगु, डा. अञ्जनीकुमार झा-महोत्तरी, डा. यादव पण्डित-प्रवास, बद्री सिग्देल-वर्दिया र गोपालप्रसाद पोखरेल-सुनसरीबाट रहेका छन् ।
यसैगरी, श्रवण मुकारुङ-भोजपुर, मोहना अन्सारी-बाँके, महेन्द्रप्रसाद यादव-सप्तरी, श्रीप्रसाद भलामी मगर-गुल्मी, विनोद दास-बारा, ई. दिपेश विष्ट-काठमाडौं, डा. कृष्णप्रसाद पौडेल-कास्की, प्रकाश लामिछाने-सुर्खेत, सूर्यमाराज राई-मोरङ र मनबहादुर थापा-चितवनबाट रहेका छन् ।
यस्तै, विमला राई-खोटाङ, राकेश सिंह-पर्सा, नरेन्द्र पासवान-रौतहट, दक्ष पौडेल-काठमाडौं, कञ्चन झा-पर्सा, सुमित शर्मा ‘समीर’-धनुषा, खगेन्द्र आचार्य-काठमाडौं, डा. डी.बी. सुना-अछाम, रोशनी गिरी-काठमाडौं, जनक चटौत- डडेल्धुरा, डोलराज भुसाल-स्याङ्जा, अमृत ज्ञवाली-गुल्मी, एलिजा ढकाल-तनहुँ, प्रकृति भट्टराई-काठमाडौं, कैलाश के.सी.-सोलुखुम्बु, स्वीकृति पौडेल-काठमाडौं, उमंग लोहनी-चितवन, गोकुल लिम्बू-ताप्लेजुङ, प्रमेश खनाल-काठमाडौं रहेका छन्।







डिसी नेपाल







Facebook Comment