डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा कायम भएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा रहेको छ।
अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिद १०९ रुपैयाँ ७० पैसा र बिक्री ११० रुपैयाँ १३ पैसा हुँदा क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ०९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा कायम भएको छ। यस्तै सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
एसियाली मुद्राहरू अन्तर्गत जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा तोकिएको छ। यता भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।







डिसी नेपाल







Facebook Comment