धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि महसुस
काठमाडौं। धादिङ जिल्लाको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। खानी तथा भूगर्भ विभागका अनुसार आज बिहान ११ बजेर १४ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले उक्त भूकम्पको धक्का धादिङसहित छिमेकी जिल्लाहरू र काठमाडौँ उपत्यकाका केही स्थानमा समेत महसुस गरिएको जानकारी दिए।
भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू केही समय त्रसित भए पनि यसबाट हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरी र सम्बन्धित निकायले जनाएका छन्। भूगर्भविद्हरूले यसलाई वि.सं. २०७२ को गोरखा भूकम्पपछिको परकम्प वा नयाँ धक्का के हो भन्नेबारे नियमित अनुसन्धान भइरहेको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment