लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

डिसी नेपाल
२४ वैशाख २०८३ २०:३२

काठमाडौं। प्रहरी देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट तीन र बाराको निजगढ नगरपालिका–११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *