ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
३१ वैशाख २०८३ २०:३०
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का सन्दीप खड्काको आज मृत्यु भएको हो। से२त १४१८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए।
त्यसैगरि कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पको टोकाइबाट एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पको टोकाइबाट स्थानीय लिला लामिछाने घाइते भएकी हुन्। उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *