दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ फेदी बस्ने ६५ वर्षीय टंक बहादुर अधिकारी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको बर्जु गाउँपालिका-३ मुसहरी टोल बस्ने २० वर्षीया साजन देवी रिषिदेव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment