मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

डिसी नेपाल
३ जेठ २०८३ १९:४५

काठमाडौं। एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो। दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ।

एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिखसम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *