त्यो फिल्म, जब ऋतिक रोशनलाई बिहेका लागि ३० हजार युवतीले प्रस्ताव गरे
काठमाडौं (एजेन्सी)। बलिउड अभिनेता ऋतिक रोशनसँग जोडिएको एक घटनाले करोडौंको क्षति भयो। उनको फिल्ममाथि काठमाडौंमा प्रतिबन्ध लगाउनुपर्ने माग भयो। जसको कारण ऋतिक रोशनले माफी पनि माग्नु परेको थियो। तर, यहाँ त्यो विषयमा चर्चा गर्न खोजिएको होइन। स्मरणमात्र गराउने प्रयास हो।
यसरी काठमाडौंमा प्रतिबन्धको अवस्थासम्म पुगेका ऋतिकका लागि भारतलगायत विश्वभरका युवतीहरु भने लोभिएका थिए। उनीहरु ऋतिकसँग बिहे गर्न चाहन्थे।
कपिल शर्माको कमेडियन शो द कपिल शर्मा शो मा हालै सहभागी भएका ऋतिकले आफ्नो पहिलो फिल्म क हो ना प्यार हैको प्रदर्शनपछि बिहेका लागि ३० हजार युवतीको प्रस्ताव आएको बताएका छन्।
उनको पहिलो फिल्म क हो ना प्यार है जनवरी २००० मा प्रदर्शनमा आएको थियो। र सोही वर्ष डिसेम्बरमा ऋतिकले गर्लफ्रेण्ड सुजैन खानसँग बिहे गर्दा लाखौं युवतीहरुको मन दुख्यो।
हालै ऋतिकलाई एक अन्तर्राष्ट्रिय एजेन्सीले संसारैकै राम्रो पुरुषको उपाधि दिएको छ। ऋतिक हाल आफ्नो फिल्म वारका लागि प्रमोशन लागिरहेका छन्। उनी द कपिल शर्मा शो मा सोही फिल्मको प्रमोशनका लागि पुगेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment