अमेरिका र इरानबीच सम्झौताका केही बुँदाहरूमा सहमति

डिसी नेपाल
११ जेठ २०८३ १६:२७

काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँगको सम्झौतामा केही मुद्दाहरूमा सहमति भएको पुष्टि गरेका छन्।

यद्यपि, उनले यो पनि भने – यसको अर्थ कुनै पनि सम्झौता चाँडै हस्ताक्षर हुनेवाला छैन।

यसअघि आइतबार इरानी सरकारी सञ्चारमाध्यमले दुई देशबीचको मतभेद ‘एक वा दुई’ मुद्दामा मात्र रहेको दाबी गरेका थिए।

इस्माइल बागाईले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताको क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको बताए।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै इरान र अमेरिका आज (सोमबार) युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सक्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार सम्झौता नजिकै रहेको बताएका थिए, तर पछि उनले सम्झौतामा पुग्न कुनै हतार नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *