पछिल्लो अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेताको बयान जारी
काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले लिखित सन्देश जारी गरेका छन्, जुन सरकारी टेलिभिजनमा पनि प्रसारण गरिएको थियो।
खामेनीको यो सन्देश पछिल्लो अमेरिकी आक्रमणपछि आएको हो।
अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको बताएको छ, जसमा इरानी क्षेप्यास्त्र अड्डाहरू र समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजहरूलाई लक्षित गरिएको छ।
अमेरिकी केन्द्रीय कमान्डले एक विज्ञप्तिमा भनेको छ – आक्रमणहरू आत्मरक्षामा गरिएको थियो र इरानी सेनाबाट हुने खतराबाट सेनालाई जोगाउने उद्देश्यले गरिएको थियो।
मार्चमा सर्वोच्च नेता निर्वाचित भएदेखि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् र उनले लिखित वक्तव्य मात्र जारी गरेका छन्।
बीबीसी फारसी सेवाका अनुसार मोज्तबा खामेनीले लिखित सन्देशमा खाडी क्षेत्रका देशहरूले अब अमेरिकी अड्डाहरूको लागि ढालको रूपमा काम गर्ने छैनन् भनी बताएका छन्।
उनले भने, “यो निश्चित छ कि समयको चक्र पछाडि फर्कने छैन र यस क्षेत्रका देशहरू र भूमिहरू अब अमेरिकी अड्डाहरूको लागि ढालको रूपमा काम गर्नेछैनन्।”
उनले यो पनि भने, “अमेरिका दिनप्रतिदिन आफ्नो पहिलेको स्थितिबाट पछि हट्दैछ।”
खामेनीले आफ्नो सन्देशमा इजरायलको पनि उल्लेख गर्दै भने, “अस्थिर यहूदी शासन र इजरायल आफ्नो दुर्भाग्यपूर्ण जीवनको अन्त्यमा पुगिरहेका छन्।”
यस लिखित सन्देशमा, खामेनीले १० वर्षअघि आफ्ना बुबाको भनाइ सम्झँदै भनेका छन् – इजरायलले “अबदेखि २५ वर्षको इतिहास देख्न सक्नेछैन।”







डिसी नेपाल







Facebook Comment