भूकम्पको १० वर्ष : ९२० मध्ये ८१५ सम्पदाको पुनःनिर्माण सम्पन्न, १०५ वटा अझै बाँकी
काठमाडौं। भूकम्प गएको १० वर्ष बितिसक्दा पनि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो। त्यसमध्ये २०८२ फागुन मसान्तसम्म ८१५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ।
चालु आवको फागुन मसान्तसम्म पाँच सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि सर्वेक्षणमा उल्लेख छ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्रका केही सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन। अब कुल १०५ वटा सम्पदाको पुनःनिर्माण हुन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment