सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

डिसी नेपाल
१४ जेठ २०८३ ९:५३

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन्।

इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले यस्ता चाडपर्वका माध्यमबाट सबै धर्मावलम्बी, जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको सरक्षण हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धिमा सहयोग पुग्ने सन्देशमा उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *