नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका गुल्मीका दुई वडाध्यक्ष पदमुक्त
रुपन्देही। नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्षको पद गुमेको छ। मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पद्मबहादुर विष्ट पदमुक्त भएका हुन्।
गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित केसी र विष्ट केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। उनीहरूले अन्य दलमा प्रवेश गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगमा जानकारी गराइएको थियो। सोही सिफारिसका आधारमा आयोगले ती दुवै पद रिक्त भएको सूचना जारी गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०८४ को नियम २२ बमोजिम कांग्रेसले आफ्ना दुई वडाध्यक्षले दल त्याग गरेको जानकारी गराउँदै पदमुक्तका लागि आयोगसमक्ष सिफारिस गरेको थियो। दल त्याग गरेको पुष्टि भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्था अनुसार उनीहरूलाई पदमुक्त गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment