कर्मचारीको तलबमा आकर्षक वृद्धि: न्यूनतम ४० हजारदेखि अधिकतम १ लाख रुपैयाँमाथि कायम

डिसी नेपाल
१५ जेठ २०८३ १९:४४

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीहरूको तलबमा करिब २१ प्रतिशतले वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक गरिएको नयाँ बजेट अनुसार अब सरकारी कर्मचारीहरूको न्यूनतम तलब ४० हजार रुपैयाँ र अधिकतम तलब १ लाख रुपैयाँभन्दा बढी कायम भएको छ।

सरकारले साविकको महँगी भत्तालाई यथावत् राख्दै कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको हो। यसका साथै कर्मचारीहरूले प्रत्येक महिना थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत प्राप्त गर्नेछन्।

बढ्दो महँगीलाई मध्यनजर गर्दै कर्मचारीहरूको कार्यक्षमता र मनोबल बढाउन सरकारले यो नीति लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *