बजेटले आर्थिक सुधारको बहस खुला गरिदियो, २१ खर्बको स्रोत व्यवस्थापन चुनौतीपूर्ण : पूर्वअर्थमन्त्री आचार्य
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक सुधारको बहसलाई खुला गरिदिएको टिप्पणी गरेका छन्।
बजेट भाषणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेट व्यापक आर्थिक सुधारको मुद्दा बोकेर आएकाले यो केवल एउटा प्रस्थानविन्दु मात्र भएको र सरकारले संयमित हुँदै सुधारका लागि निरन्तर प्रयत्न गर्नुपर्ने बताएका हुन्।
पूर्वअर्थमन्त्री आचार्यले बजेटमा राखिएका समग्र आर्थिक सुधारका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र, गैरआवासीय नेपालीको पूँजी परिचालन र अन्तर्राष्ट्रिय लगानी आमन्त्रण अनिवार्य सर्त रहेको उल्लेख गरे। यी क्षेत्रलाई आकर्षित गर्न नसके बजेटका उद्देश्यहरू पूरा हुन नसक्ने दाबी गर्दै उहाँले यसका लागि कानुनी सुधार र प्रशासनिक सरलीकरण गर्न सरकारलाई सुझाव दिए। उनले आर्थिक सुधारको यो प्रक्रियालाई अर्थमन्त्री र सरकारले निरन्तर अनुगमन गर्दै आवश्यकता अनुसार नीतिगत परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए।
यसैगरी, बजेटको आकार र स्रोतका विषयमा टिप्पणी गर्दै आचार्यले २१ खर्ब रुपैयाँभन्दा माथिको बजेटका लागि स्रोत व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको बताए। यद्यपि, बजेटमा समेटिएका रुग्ण सार्वजनिक तथा निजी प्रतिष्ठानहरूको सबलीकरण गर्ने प्रयत्नहरू भने सकारात्मक रहेको भन्दै उनले यसको व्यावहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment