बजेट सार्वजनिक भएपछि प्रधानमन्त्री बालेनको स्टाटस- ढुक्क हुनुस्!

डिसी नेपाल
१५ जेठ २०८३ २२:१९

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गरेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘ढुक्क हुनुस्’ भन्दै छोटो तर अर्थपूर्ण स्टाटस लेखेका हुन्।

बजेट सार्वजनिक भएसँगै विशेषगरी मध्यम वर्गका नागरिक र राष्ट्रसेवक कर्मचारीहरूमाझ उत्साह र विभिन्न चासोहरू उब्जिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ बाहिर आएको हो।

प्रधानमन्त्री शाहको यो संक्षिप्त स्टाटसलाई धेरैले सार्वजनिक बजेटका कार्यक्रम र यसको कार्यान्वयनप्रति नागरिकहरूलाई सकारात्मक र विश्वस्त बनाउने सरकारको प्रयासका रूपमा बुझेका छन्।

बजेटमार्फत ल्याइएका नीति तथा योजनाहरूले जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने संकेत गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत नागरिकमा भरोसा जगाउन खोज्नुभएको विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *