प्रचण्ड अस्पताल भर्ना

डिसी नेपाल
१६ जेठ २०८३ १२:३४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी परेपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। विगत तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएका कारण उनी यसअघि आयोजित गणतन्त्र दिवसको कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन्।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको थप परीक्षणका क्रममा उनमा निमोनिया र रगतमा इन्फेक्सन (संक्रमण) पुष्टि भएको हो। निमोनियाको उपचार अस्पतालमै भर्ना भएर गराउँदा राम्रो र सुरक्षित हुने चिकित्सकहरूको सुझावपछि उनलाई अस्पतालमा राखिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

स्वकीय सचिव आचार्यका अनुसार अस्पताल भर्ना भएर उपचार सुरु गरिए पनि हाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *