सडकमा किताब बेचेर संसदको छुट्टी मनाउँदै महावीर
काठमाडौं। जेठ १५ गते आर्थिक बर्ष २०८३/०८४ को बजेट प्रस्तुतका क्रममा संघीय संसद भवनभित्र देखिएका स्वतन्त्र सांसद महावीर पुन: शनिबार अपरान्ह काठमाडौंको जोरपाटी चोकमा भेटिए।
प्रतिनिधि सभा बैठक स्थगित भएका बेला संसद छुट्टीको सदुपयोग गर्दै महावीर आफ्नै किताब बेच्न व्यस्त देखिन्थे। आफ्नो आत्मकथा बिक्रीको अभियान चलाइरहेका उनको किताव किन्न वालवालिकादेखि वयस्कसम्मको भीड देखिन्थ्यो।
मुसुमुसु हाँस्दै र बोल्दै किताबको प्रचार गरिरहेका उनले सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको सुनाउने गरेका छन्।
आफैं संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले साढे तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment