संसद्‍मा जंगिइन् आशिका तामाङ, रास्वपाकै सांसदले हलबाट बाहिर निकालेर सम्झाए

डिसी नेपाल
१७ जेठ २०८३ १५:४९

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेकी छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावली विपरीत भएको भन्दै सभामुखसँग वादविवाद गरिरहेका बेला सांसद तामाङ अचानक जंगिएकी हुन्।

बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सभामुखतर्फ औंला ठड्याएर आक्रोश पोखेपछि प्रतिवादमा उत्रिएकी तामाङ निकै आक्रोशित बनेकी थिइन्। “सभामुखलाई अपमान गर्ने?” भन्दै उनी आसनबाट उठेर चर्को रूपमा रिसाएपछि संसद् भवनभित्र केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

तामाङ अत्यधिक आक्रोशित भएपछि रास्वपाका अन्य सांसदहरूले उनलाई तत्काल बैठक हलबाट बाहिर निकालेका थिए। हल बाहिर ल्याएपछि रास्वपाका नेताहरूले नियमावली अनुसार सभामुख आफैँले बैठक सञ्चालन गर्ने भन्दै उनलाई संयमित हुन र नआत्तिन लामो समय आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *