संसद् बैठक लम्बिएपछि रोकिएको रास्वपा सचिवालयको बैठक बस्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्ने भएको छ।
हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको उक्त भर्चुअल बैठक विशेष कारणवश स्थगित गरी आज बिहान ८ बजेका लागि सारिएको हो।
आइतबार संसद् बैठक रातिसम्म लम्बिएका कारण निर्धारित समयमा सचिवालय बैठक बस्न नसकेपछि यसलाई आज बिहानका लागि सार्नुपरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टीका आन्तरिक सांगठनिक गतिविधि तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बुझिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment