संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद मिङ्मा शेर्पा सम्मानित (तस्बिर)

डिसी नेपाल
१९ जेठ २०८३ १२:३१

काठमाडौं। संघीय संसद्को झण्डा बोकेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधि सभा सदस्य (सांसद) मिङ्मा शेर्पा सम्मानित भएका छन्।

मंगलवार सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित एक विशेष कार्यक्रमका बिच उनलाई सम्मान गरिएको हो।

सगरमाथाको शिखरमा देशको सार्वभौम संसद्को पहिचान पुर्‍याएर राष्ट्रकै गौरव बढाएको भन्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूले उनलाई खादा ओढाएर सम्मान पत्रसहित सम्मान गरे।

कार्यक्रममा उपस्थित अन्य विशिष्ट पदाधिकारी तथा सांसदहरूले समेत शेर्पाको साहसिक कदम र अद्वितीय उपलब्धिका लागि बधाई दिँदै उनको सुखद यात्राको सराहना गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *