कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहीबार दिउँसो १ पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सचिव थापामगरले बैठकमा अनिवार्य उपस्थितिका लागि समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरेका छन्।
बैठकमा पार्टीभित्रको अनुशासन, हालैका सांगठनिक गतिविधि र प्राप्त उजुरीहरूका सम्बन्धमा छलफल हुन सक्ने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment