मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना
काठमाडौं। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
यसै क्रममा देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा भई अत्यधिक गर्मी हुने अर्थात् तातो दिन रहने महाशाखाको पूर्वानुमान छ।
आज रातिको मौसम भने देशको हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भए पनि तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment