सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

डिसी नेपाल
२० जेठ २०८३ १०:५९

काठमाडौं। नेपाल सरकारअन्तर्गतका विभिन्न सरकारी अस्पतालहरूमा लामो समयदेखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गरी तिनलाई पुनः सञ्चालनमा ल्याउने विषयमा एक महत्वपूर्ण छलफल भएको छ।

सरकारी अस्पतालका त्यस्ता उपकरणहरूलाई राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गराई सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहकार्य गर्ने सम्बन्धमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष माननीय महावीर पुनबिच विशेष भेटवार्ता र छलफल भएको हो।

यस सहकार्यले सरकारी अस्पतालहरूमा बिग्रिएका उपकरणका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेको अवस्थालाई अन्त्य गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक क्षमतालाई उपयोग गर्दै राज्यको ठूलो लगानीमा खरिद गरिएका तर मर्मत अभावमा अलपत्र परेका स्वास्थ्य सामग्रीहरूलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउँदा अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने र सरकारी रकमको समेत बचत हुने विश्वास लिइएको छ।

दुवै पक्षबीच भएको यस छलफलले आगामी दिनमा देशको स्वास्थ्य क्षेत्रको पूर्वाधार व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *