मोज्तबा खमेनी जीवित र पहिलेभन्दा सक्रिय छन् – अमेरिका

डिसी नेपाल
२० जेठ २०८३ १२:५६

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित मात्र नभएर पहिलेभन्दा अहिले बढी सक्रिय भएको बताएका छन्।

“मलाई लाग्छ कि केही संकेतहरू छन् कि उनी (मोज्तबा खामेनी) ले कुनै न कुनै स्तरमा प्रमुख भूमिका खेलिरहेका छन्,” मार्को रुबियोले मंगलबार सिनेटको विदेश सम्बन्ध समितिलाई भने।

इरानी टिभीका अनुसार मोज्तबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। उनी पहिलो अमेरिकी र इजरायली आक्रमणमा घाइते भएका थिए, जुन आक्रमणमा उनका बुबा अली खामेनीको मृत्यु भएको थियो।

यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानले मे महिनाको सुरुमा आफूले मोज्तबा खामेनीसँग भेटेको दाबी गरेका थिए।

उनीहरूको भेटघाटको कुनै तस्बिर वा भिडियो सार्वजनिक गरिएको थिएन, तर पेजेश्कियानले भने कि दुवैले साढे दुई घण्टा कुराकानी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *