हर्क साम्पाङले दुई उच्च तहका नेतालाई पार्टीबाट निकाले

डिसी नेपाल
२० जेठ २०८३ १३:४४

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई जना जिम्मेवार नेताहरूलाई पार्टीबाट निष्कासन गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लगातार दुईवटा स्टाटस लेख्दै केन्द्रीय र प्रदेश तहका दुई नेतालाई कारबाही गरिएको आधिकारिक जानकारी दिएका हुन्।

आफ्नो पहिलो फेसबुक स्टाटसमा मेयर साम्पाङले लेखेका छन्, “केन्द्रीय समितिका निलम्बित सदस्य पूर्ण गहतराज र प्रदेश समिति सदस्य राखी मेवाहाङ निष्काशित !” यो घोषणासँगै उनीहरूलाई संगठनको साधारण सदस्य समेत नरहने गरी हटाइएको बुझिएको छ।

उक्त निष्कासनको निर्णय सार्वजनिक भएलगत्तै बजारमा विभिन्न किसिमका राजनीतिक अड्कलबाजी र आन्तरिक विद्रोहको चर्चा चल्न थालेपछि साम्पाङले अर्को स्पष्टीकरणसहितको स्टाटस पोस्ट गरेका छन्। दोस्रो स्टाटसमा उनले आन्तरिक फुटको हल्लालाई खण्डन गर्दै लेखेका छन्, “झगडालु २ जनालाई निकालिएको हो, विद्रोह सिद्रोह केही भएको होइन !”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *