कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन आक्रमण
काठमाडौं । कुवेतको सरकारी समाचार एजेन्सीले बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमणमा धेरै जना घाइते भएको जनाएको छ।
यस आक्रमणपछि उडानहरू रोकिएका थिए र अन्य विमानस्थलहरूमा डाइभर्ट गरिएका थिए।
प्रतिवेदनले कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ – आक्रमण अन्तर्राष्ट्रिय विमानस्थलको टी-१ भवनमा गरिएको थियो र उडानहरू अर्को विमानस्थलमा डाइभर्ट गरिएको थियो।
कुवेतको सरकारी समाचार एजेन्सीले नागरिकहरूलाई क्षेप्यास्त्र विरोधी फायरिङबाट खस्ने भग्नावशेषबाट सावधान रहन चेतावनी दिइएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment