रुसको कब्जामा रहेको युक्रेनी क्षेत्रमा बसमा ड्रोन आक्रमण
काठमाडौं । बुधबार बिहान युक्रेनको रुस नियन्त्रित क्षेत्रमा बसमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
डोनेट्स्क क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले बुधबार बिहान आक्रमण भएको बताए। बस मस्कोबाट क्रिमियाको सिम्फेरोपोल जाँदै थियो।
रुसी अधिकारीहरूले रातारात ३५० भन्दा बढी ड्रोनहरू खसालिएको दाबी गरेका छन्।
यसअघि रुसले युक्रेनी धेरै शहरहरूमा ठूलो आक्रमण गरेको थियो जसमा महिला र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो।
रुसले गरेको रातभरको हवाई आक्रमणमा आवासीय भवनहरूलाई निशाना बनाइएको थियो, जसमा धेरै बालबालिका सहित दर्जनौं मानिसहरू घाइते भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment