लागुऔषधसहित ३२ जना पक्राउ
काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार-चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment