काठमाडौंमा १७५ चिनियाँ पर्यटकको भव्य स्वागत, पञ्चेबाजा र परम्परागत पहिरनले लोभिए पाहुना
काठमाडौं। नेपालको पर्यटन क्षेत्रमा उत्साह थप्दै शुक्रबार एकैसाथ १७५ जना चिनियाँ पर्यटकहरू नेपाल भित्रिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ती विदेशी पाहुनाहरूलाई पाण्डा टुर्र्स एण्ड ट्राभल्सले विशेष समारोहका बीच भव्य स्वागत गरेको हो।
नेपालको मौलिक कला र संस्कृति झल्किने परम्परागत पहिरनमा सजिएका कलाकारहरूले पञ्चेबाजा सहित स्वागत गर्दा विमानस्थलको माहोल निकै गुञ्जायमान र आकर्षक बनेको थियो। ने
पाल आगमनको सुरुवाती क्षणमै नेपाली संस्कृति र आतिथ्यताको न्यानोपन महसुस गराउन यस किसिमको स्वागत गरिएको ट्राभल्सले जनाएको छ।













प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment