नौबिसे-नागढुङ्गा सवारी जाममा परी बिरामीको बाटोमै मृत्यु

डिसी नेपाल
१० असोज २०७६ १०:३४
4
Shares

काठमाडौं। नौबिसे–नागढुङ्गा सडकमा सवारी जाममा परेका एक बिरामीको बाटोमै मृत्यु भएको छ।

रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका गरुडा–८ बस्ने ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको हो।

उनको महादेवबेंसी बजारमा जाममा विहान करिब ५ बजे मृत्यु भएको जनाइएको छ।

उक्त सडकखण्डमा केही दिनदेखि सडक मर्मतको काम भइरहेको छ। जसले गर्दा यात्रुहरु दिनहुँ सवारी जाममा पर्ने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *