काठमाडौंमा पुरुष मृत फेला, संखुवासभामा वृद्धको शव भेटियो

डिसी नेपाल
२५ जेठ २०८३ १८:०२

काठमाडौं । काठमाडौं र संखुवासभा गरी देशका दुई छुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-१७ थँहिटी चोकमा अन्दाजी ४१ वर्षीय कान्छा भन्ने पूर्ण बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-१० कल्लेरी बुछा टोल बस्ने ७२ वर्षीय मंजित तामाङ आफ्नै घर पछाडी सोमबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *