टोखाबाट खैरोहिरोइनसहित एक जना पक्राउ

डिसी नेपाल
२५ जेठ २०८३ २२:१५

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखाबाट खैरोहिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरोहिरोइन र नगद फेला परेको जानकारी दिए।

प्रहरीले पक्राउ परेका राईसँग खैरोहिरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका निजका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *