एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक च्यासलमा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
एमालेको हालै बसेको सचिवालय बैठकको निर्णयानुसार गठन गरिएको यस विशेष कार्यदलले निर्वाचनको समीक्षा र भावी साङ्गठनिक मार्गचित्रबारे औपचारिक छलफल थालेको हो।
एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकबारे जानकारी दिँदै कार्यदलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा थप एकताबद्ध बनाउने विषयमा केन्द्रित रहेर छलफल अघि बढाएको बताए।
उनका अनुसार पार्टीको सुदृढीकरण एवं समग्र रूपान्तरणसहित आगामी दिनमा संगठनलाई नयाँ उचाइमा पुर्याउनका लागि एक ठोस पार्टी पुनर्गठन कार्ययोजना तयार पार्नु यस कार्यदलको मुख्य जिम्मेवारी रहेको छ।
कार्यदलको यस पहिलो बैठकले योजना निर्माणको प्रारम्भिक खाका कोर्दै आन्तरिक सुदृढीकरणको अभियानलाई तीव्रता दिने एमालेले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment