दीपक–दीपाको ‘छ माया छपक्कै’का लागि दुर्गेशले गाएको ‘बिच्च बिच्चमा’ गीत रिलिज [भिडियो]

डिसी नेपाल
१० असोज २०७६ १४:३३
8
Shares

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनल गीत सार्वजनिक गरिएको छ।

यहि असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै निर्माण टिमले प्रमोशनल गीत सार्वजनिक गरेको हो।

यसवर्षको तीजमा सर्वाधिक चलेको गीत ‘बिच्च बिच्चमा’ टाइटलमै प्रमोशनल गीत तयार गरिएको छ।

दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतलाई फिचर्ड गरिएको छ।

गीतको भिडियोको निर्माण तीज गीत ‘बिच्च बिच्चमा’कै शैलीमा गरिएको छ। शिव विकले निर्देशन गरेको प्रमोशनल भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

गीतको भिडियो दुर्गेश थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।

रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक लामाले नै लेखेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *