दशैंका लागि नयाँ नोटको सटही सुरु (फोटोफिचर)

डिसी नेपाल
१० असोज २०७६ १४:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ। बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एकरएक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराएको हो।

मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही भइरहेको छ।

यसभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने छ। काठमाण्डौं उपत्यकाको हकमा नयाँ नोट साट्न राष्ट्र बैंक आउनु नपर्ने गरी व्यवस्था मिलाइएका छन्।

नेपाल बैंकका न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा पाइने छ। राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा र कृषि विकास बैंकका गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पैसा पाउन सकिन्छ। राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नोट सटही गर्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *