वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment