बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

डिसी नेपाल
२८ जेठ २०८३ १८:१४

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन्।

बिहीबार संसदमा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको विषय अहिले पेचिलो बनेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।

अघिल्लो अहिले सरकारले थप सात अर्ब रुपैयाँ बजेट थपिसकेको भएपनि अझै बक्यौता दायित्व बाँकी रहेको उनले बताए।

उनले भने,‘स्वास्थ्य बीमाको विषय पेचिलो बनेको छ। स्वास्थ्यमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको छ। अझै बक्यौता छ। कसरी तिर्ने भनेर छलफल चलिरहेको छ। असीमित दायित्व तिरेर मात्रै हुँदैन, पुनर्संरचना गर्छौं भनेको त्यसकै यथार्थ मूल्यांकन गरेर काम गर्ने हो।’

उनले स्वास्थ्य बीमालाई युनिभर्सल हेल्थ कभरेजको अवधारणाअनुसार अघि बढाइने उल्लेख गर्दै हालको प्रणालीमा दुरुपयोगको समस्या रहेको बताए।

विपन्न र गरिब नागरिकलाई भने प्रिमियम तिराउन नहुने बताउँदै उनले राज्यले अनुदानमार्फत उनीहरूलाई बीमामा समेट्नुपर्ने धारणा राखे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *