१५ थान भरूवा बन्दुक बरामद
रूकुम पूर्व। रूकुम पूर्वका विभिन्न स्थानबाट भरूवा बन्दुक १५ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व तथा मातहत कार्यालयहरू समेतबाट खटिएको प्रहरीले भुमे गाउँपालिका-६ गटिङजा जंगलबाट ३ थान, सिस्ने गाउँपालिका-१ बाट ३ थान, पुथाउत्तरगंगा गाउँपालिका-१२ कोल सामुदायिक वन र सोही गाउँपालिका-१४ घाम ताप्नेडाँडाबाट ६ थान, सोही गाउँपालिका-५ डाँडारानी वनबाट १ थान, सोही गाउँपालिका-१० छार्माडाँडाबाट १ थान र सिस्ने गाउँपालिका-५ चारखोलाबाट १ थान भरूवा बन्दुकहरू फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment