पोखरामा कार दुर्घटनामा व्यवसायी थापाको मृत्यु

डिसी नेपाल
२८ जेठ २०८३ २०:५३

पोखरा । पोखरामा कार दुर्घटना हुँदा पोखराका व्यवसायी रेशम थापाको मृत्यु भएको छ। बेगनासताल नजिक पचभैयामा उनी आफैले चलाएको कार दुर्घटना भएको थियो।

साँझ दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनको शव अस्पतालमै राखिएको कास्की प्रहरीका सूचना अधिकारी बिरेन्द्रकुमार पासवानले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *