सोनिका रोकायाले लिइन् कपिल शर्माको अन्तरवार्ता
काठमाडौं। नेपालकीयुट्युबर सोनिका रोकायाले चर्चित भारतीय कमेडियन कपिल शर्माको अन्तरवार्ता लिएकी छिन् । उनले फेसबुकमार्फत यसको जानकारी दिएकी हुन् । सोनिकाले फेसबुकमा कपिलसँगको फोटो पोस्ट गर्दै कपिललाई निम्ता दिएकोमा धन्यवाद दिएकी छिन् ।
नेपालमा ‘वाउ नेपाल’ युट्युब च्यानलमार्फत कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनले ‘द कपिल शर्मा शो’का होस्ट कपिललाई भेटेकी हुन्। सोनिकाले कपिलसँगको अन्तर्वार्ता छिट्टै सम्प्रेशण गर्ने जनाएकी छन्। उनले आफ्नो व्यक्तिगत च्यानल ‘द सोनिका शो’का लागि चर्चित कमेडियन कपिलसँग अन्तरवार्ता लिएको बताएकी छिन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment