रामकुमार र टिकाको कमेडी तीज गीत ‘२ माना दुध’

डिसी नेपाल
८ भदौ २०७५ १:३६

काठमाडौं । तीज पर्व नजिकिँदै छ । युट्युवमा दिनहूँ तीजका नयाँ–नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् ।

यसैक्रममा गायक रामकुमार बस्नेत र गायिका टिका पुनको स्वरमा ‘२ माना दुध’ बोलको नयाँ कमेडी तीज गीतको भिडियो सार्वजनिक भएको छ । यसअघि आधा दर्जन बढी गीतमा स्वर दिएका रामकुमारको यो तीजको पहिलो गीत हो । त्यस्तै गायिका टिकाको पनि पहिलो तीजको गीत हो । गीतमा प्रदीप कंडेलको शब्द, नारायण पाण्डेको संगीत र लोकनाथ सापकोटाको एरेञ्ज समावेश छ ।

कमेडी प्याटनमा निर्माण गरिएको भिडियो रमाईलो बनेको छ । भिडियोमा प्रदिप कंडेल ९गजे बाहुन०, जितेन क्षेत्री, अञ्जु अधिकारी, ममता चौधरीले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक मदन खडकाले निर्देशन गरेका हुन ।

टंक केसीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।




प्रतिक्रिया

One thought on “रामकुमार र टिकाको कमेडी तीज गीत ‘२ माना दुध’

Leave a Reply

Your email address will not be published. Required fields are marked *